बैंकिङ्ग समाचार, काठमाडौं ।
लघुवित्त तथा वित्तीय शोषण विरुद्धमा लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिति नेपालले आज साउन १० गते काठमाडौंमा वृहत विरोध प्रदर्शन गरेका छन् ।
प्रदर्शनकर्ताहरुले लघुवित्त वित्तीय संस्था खारेज गर, ऋण मिनाह गर लगायतका माग राखेर विरोध प्रदर्शन गरेका छन् । यसका साथै उनीहरुले ‘नालायक अर्थमन्त्री राजिनामा दे’ भन्दै नारा समेत लगाएका छन् । त्यस्तै, उनीहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको समेत राजिनामा माग गरेका छन् ।
यसै प्रदर्शनका क्रममा प्रहरीले १७ जना प्रदर्शनकर्ताहरुलाई पक्राउ गरेको छ ।
प्रतिक्रिया