लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमन नेपालले गभर्नर समक्ष लिए सपथ

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
लक्ष्मी सनराईज बैंकको सञ्चालक समितिका अध्यक्ष रमन नेपालले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष मंगलवार पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

लक्ष्मी बैंक र सनराइज बैंक मर्जरपश्चात् बनेको लक्ष्मी सनराइज बैंकको अध्यक्षमा नेपाल चयन भएका हुन् । उनी साविक लक्ष्मी बैंकको अध्यक्ष समेत थिए । उनी नागरिक लगानी कोषको प्रतिनिधित्व गर्दै बैंकको अध्यक्ष बनेका हुन् ।

साविकको लक्ष्मी बैंक र सनराइज बैंकले असार २९ गतेदेखि ‘लक्ष्मी सनराइज बैंक’ को नामबाट एकीकृत कारोबार शुभारम्भ गरेका गरेका थिए ।