बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उच्च गिरावट आज पनि जारी रहेको छ । साताको कारोबारको तेस्रो दिन आज मंगलवार नेप्से ३६.१९ अंकले घटेर २ हजार १ सय ६४ दशमलब ३१ विन्दुमा पुगेर बन्द भएको हो । सोमवार नेप्से २६.६६ अंकले घटेर २ हजार २ सय दशमलब ५० विन्दुमा बन्द भएको थियो ।
नेप्सेमा दोहोरो अंकको गिरावट भएसँगै कारोबार रकममा पनि आज उच्च गिरावट भएको छ । आज २ अर्ब ९१ करोड ७ लाख बराबरको कारोबार भएको छ । सोमवार ४ अर्ब ७३ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
नेप्सेमा आज कारोबार भएका ३२ कम्पनीको शेयरमूल्य बढेको छ भने १७६ कम्पनीकोे शेयरमूल्य घटेको छ, ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । किसान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर ९५८.३० रुपैयाँ पुगेको छ ।
आज सबैभन्दा बढी नबिल डिबेन्चर २०८५ का लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज करिब प्रतिशतले घटेको छ ।
नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी सोल्टी होटल लिमिटेडको भएको छ । यस कम्पनीको आज १५ करोड २७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया