एनआईसी एशिया बैंकले सर्वसाधारणले खरिद गर्न पाउने गरि बिक्रीमा ल्यायो ४ लाख कित्ता संस्थापक शेयर

एनआईसी एशिया बैंकले सर्वसाधारणले खरिद गर्न पाउने गरि बिक्रीमा ल्यायो ४ लाख कित्ता संस्थापक शेयर


बैंकिङ्ग समाचार, काठमाडौं ।
एनआईसी एशिया बैंक लिमिटेडले ४ लाख कित्ता संस्थापक शेयर साउन ९ गतेदेखि बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको ४ लाख कित्ता शेयर लिलामी प्रक्रियामार्फत इच्छुक विद्यमान संस्थापक शेयरधनी वा जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

बिक्रीमा ल्याएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३७५ रुपैयाँ तोकिएको छ । इच्छुक लगानीकर्ताले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी साउन १८ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र आवेदन फारम विक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंबाट १०० रूपैयाँ भुक्तानी गरी प्राप्त गर्न सकिने जानकारी कम्पनीले दिएको छ ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ । अधिकतममा भने १० ले भाग जाने संख्यामा वा अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ ।