बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीति सन्तुलीत रहेको बताएको छ । सोमबार संघले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष सुनिल केसीले मौद्रिक नीति सन्तुलित रहेको बताएका छन् ।
‘नीति अहिलेको अवस्था सुहाउँदो छ, भोलीको दिनमा आउने सफ्टेरोर अफ्टेरो दुबै परिस्थिती हेरेर ल्याइएको छ ।’ अध्यक्ष केसीले भने, ‘धेरै कुरा सर्कुलरमा आउँछ, त्यसैको पर्खाइमा छौं ।’
भोलीको दिनमा बजारमा आउन सक्ने सहज असहज दुबै परिस्थिती हेरेर ल्याइएको अध्यक्ष केसीले बताए । धेरै कुरा सर्कुलरमा निर्भर रहने उनले बताए ।
प्रतिक्रिया