बैंकिङ्ग समाचार, काठमाडौं ।
सोमवार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको जेठ २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ८ प्रतिशत बराबरको ३७ लाख १२ हजार ३४५ दशमलव ५० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
अव यो बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा आएपछि शेयरधनीहरुले दोस्रो बजारमा कारोबार गर्न पाउनेछन् ।
प्रतिक्रिया