सांग्रिला डेभलपमेन्ट बैंकले गर्यो महिला आदर्श सेवा केन्द्रलाई आर्थिक सहयोग

सांग्रिला डेभलपमेन्ट बैंकले गर्यो महिला आदर्श सेवा केन्द्रलाई आर्थिक सहयोग


बैंकिङ्ग समाचार, काठमाडौं ।
सांग्रिला डेभलपमेन्ट बैंकले समय समयमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक सेवा सम्वन्धि कार्य गर्दै आएकोमा मिति २०८० श्रावन ७ गते महिला आदर्श सेवा केन्द्रलाई आर्थिक सहयोग अन्तर्गत चेक हस्तान्तण गरी सहयोग गरेको छ । 

यस महिला आदर्श सेवा केन्द नेपाली महिलाहरुमा चेतना जगाउने र आत्मनिर्भरताको विकास गर्ने उद्देश्यले बि.सं २०४० मा स्थापना भएको संस्था हो । यस वीच सो संस्थाले महिला वर्गलाई विभिन्न शिपमूलक तालिम प्रदान गर्दै आइरहेको छ । अहिले संस्थाले आफ्नै भवन निर्माण गरिरहेको क्रममा सो निर्माणमा सघाउन सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक सहयोग उपलब्ध गराएको हो ।

उक्त महिला आदर्श सेवा केन्द्रलाई बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले चेक हस्तान्तरण गरेका छन् । यस किसिमको सहयोगले उक्त केन्द्रलाई ठूलो मद्दत पुगेको कुरा व्यक्त गर्दै सो महिला आदर्श सेवा केन्द्रकी अध्यक्ष निरु श्रेष्ठले बताइन् । 

सांग्रिला डेभलपमेन्ट बैंकले देशभर रहेका आफ्ना ११२ शाखा कार्यालय मार्फत समय समयमा यस किसिमको सामाजिक उत्तरदायित्व वहन गर्दै आएको छ ।