नयाँ मौद्रिक नीति आएसँगै नेप्से बढेर २२ सय बिन्दु माथि, कारोबार रकम साढे ४ अर्ब नजिक

नयाँ मौद्रिक नीति आएसँगै नेप्से बढेर २२ सय बिन्दु माथि, कारोबार रकम साढे ४ अर्ब नजिक


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को लागि नयाँ मौद्रिक नीति सार्वजनिक गरेसँगै शेयर बजारमा आज उच्च वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतवार उच्च वृद्धि भई २२ सयको बिन्दु माथि पुगेर बन्द भएको छ । आज नेप्से ६३.२४ अंकले बढेर २ हजार २ सय २७ दशमलब १६ विन्दुमा बन्द भएको हो । बिहिवार नेप्से १.३१ अंकले घटेर २ हजार १ सय ६३ दशमलब ९२ विन्दुमा बन्द भएको थियो ।

नेप्सेमा उच्च वृद्धि भएसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि आएको छ । आज ४ अर्ब ३७ करोड ५१ लाख बराबरको कारोबार भएको छ । बिहिवार ३ अर्ब ५ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेमा आज कारोबार भएका १९९ कम्पनीको शेयरमूल्य बढेको छ भने १६ कम्पनीकोे शेयरमूल्य घटेको छ, १ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । नेप्सेमा किसान लघुवित्त र चन्द्रगिरि हिल्स कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा बढेको छ ।

आज सबैभन्दा बढी एनआइबिएल ग्रोथ फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । 

नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज १४ करोड ८१ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।