बैंकिङ्ग समाचार, काठमाडौं ।
विदेश भ्रमणमा जाने नेपाली नागरिकले पाउने सहटी सुविधाको सिमा बढेको छ । अब विदेश जाँदा २५०० डलरसम्मको सटही सुविधा पाइने भएको छ । केन्द्रिय बैंकले आइतबार चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानी सुविधा वापत् एक वर्षमा दुई पटकसम्म अमेरिकी डलर दुई हजार पाँच सयसम्म सटही सुविधा उपलबध गराउने भएको हो ।
'भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी सुविधावापत् एक वर्षमा दुई पटकसम्म अमेरिकी डलर १५०० सम्म सटही सुविधा उपलव्ध गराइने विद्यमान व्यवस्थालाई परिमार्जन गरी अमेरिकी डलर २५०० सम्म उपलब्ध गराइने व्यवस्था गरिनेछ,' राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा भनिएको छ ।
हाल त्यस्तो सुविधा अमेरिकी डलर एक हजार पाँच सय बराबर मात्रै थियो । यसअघि वैदेशिक मुद्रा सञ्चितिमा चाप परेको भन्दै केन्द्रीय बैंकले न्यून मात्रामा मात्रै डलर सटही सुविधा पाउने व्यवस्था गरेको थियो ।
प्रतिक्रिया