बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले शेयर तथा जग्गा धिताे कर्जाको जेखिमभार पुनरावलोकन गर्ने भएको छ । केन्द्रिय बैंकले आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो ।
"शेयर धितो कर्जा, रियलस्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिनेछ" केन्द्रिय बैंकले जारी गरेको मौद्रिक नीतिमा उल्लेख छ ।
केन्द्रिय बैंकले यसअघि शेयर कर्जा, रियलस्टेट कर्जा तथा हायर पर्चेज कर्जाको जोखिम भार बढाएर १५० प्रतिशत पुर्याएको थियो । यसले गर्दा बैंकहरुको पूँजीकोषमा समेत दबाव परेको थियो ।
प्रतिक्रिया