बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपालको केन्द्रिय बैंक नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति आज साउन ७ गते आइतबार दिउँसो सार्वजनिक गर्ने तयारी गरेको छ । चालू आर्थिक वर्षको लागि मौद्रिक नीतिको मस्यौदा तयार भइसकेकोले राष्ट्र बैंकले आजै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको हो ।
मौद्रिक नीति पारित गर्न केन्द्रिय बैंक बालुवाटारमा आइतबार बिहान सञ्चालक समितिको बैठक बसेको छ ।
राष्ट्र बैंकको बोर्ड बैठकबाट पारित भएपश्चात सो मौद्रिक नीति सार्वजनिक गरिने छ ।
प्रतिक्रिया