बैंकिङ्ग समाचार, काठमाडौं ।
नबिल बैंकले पुरानो लाभांश बुझिलिन आग्रह गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै साविक युनाइटेड फाइनान्स र नेपाल बङ्गलादेश बैंक समेतको ५ वर्षभन्दा पहिले सम्पन्न आ.व. २०७३/७४ को वार्षिक साधारणसभाबाट पारित लाभांश बुझिलिन सम्बन्धीत शेयरधनीहरुलाई आग्रह गरेको हो ।
शेयरधनीहरुलाई आफ्नो शेयर प्रमाणपत्र वा डिम्याट खाता नम्बरका साथ परिचयपत्र ल्याएर लिन बाँकी रहेको लाभांश रकम लैजान भनेको हो । बैंकले सूचना प्रकाशितको १ महिना भित्र आफ्नो बक्यौता लाभांश बुझिलिन आग्रह गरेको छ । शेयरधनीहरुले लाभांश लिनका लागि सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलमा सम्पर्क गर्नुपर्नेछ ।
यदि उक्त समयमा लाभांश नलिएमा ५ वर्ष पुरा भई भुक्तानी हुन बाँकी रहेको लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ ।
प्रतिक्रिया