कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ बाँडफाँड, १० हजार १ सय १५ जनाले पाए शेयर

कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ बाँडफाँड, १० हजार १ सय १५ जनाले पाए शेयर


बैंकिङ्ग समाचार, काठमाडौं ।
कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आइपीओ आज साउन ७ गते, आइतबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आइतबार क्यापिटलको कार्यालयमा हाइड्रोपावरको आइपीओ बाँडफाँड भएको छ ।

कम्पनीले असार २६ गतेदेखि आज २९ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख १ हजार १५१ कित्ता शेयर निष्काशन गरेको थियो । सो शेयरमा कुल १० लाख ४८ हजार ४६८ आवेदक मार्फत १ करोड ११ लाख ३५ हजार ४३० कित्ताका लागि आवेदन परेको थियो । जसमध्ये १० लाख ४७ हजार ३०५ आवेदन स्वीकृत भएको छ भने १ हजार १६३ आवेदन रद्द भएको छ ।

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ । जसअनुसार १० हजार १ सय १५ जनाले शेयर पाएका छन् । जसमध्ये १ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन् ।