बैंकिङ्ग समाचार, काठमाडौं ।
कामना सेवा विकास बैंकले काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीलाई २०० थान कोन प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा सम्पन्न एक समारोहकाबीच बैंकले ट्राफिक प्रहरीलाई सडकमा राख्ने कोन हस्तान्तरण गरेको हो ।
काठमाडौं उपत्यकाको सवारी आवागमनलाई व्यवस्थित बनाउने कार्यमा सहयोग पुर्याउन तथा आम उपभोक्ताहरुलाई सडक अनुशासन सिकाउन र दुर्घटना न्यूनीकरण गर्नका लागि बैंकको तर्फबाट काठमाडौं उपत्यका ट्राफिक प्रहरीलाई कोन हस्तान्तरण गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत सिइओ दिनेश थकालीले बताएका छन् ।
यो सहयोगले ट्राफिक आवागमनलाई सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) पोषराज पोखरेलले बताएका छन् ।
उक्त कार्यक्रममा कामना सेवा बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ९डीआइजी० पोषराज पोखरेल, कामना सेवा विकास बैंकका चिफ अपरेटिङ्ग अफिसर विकास ढुङ्गाना, बैंकका एडमिन तथा ब्रान्डिङ्ग हेड सुशील पौडेल, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्ट, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरिक्षक सन्तोष आचार्य लगायत काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक र अन्य व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया