साबिक सिभिल लघुवित्तले वितरण गरेको बोनस शेयर हिमालयन लघुवित्तको नाममा सूचीकृत

साबिक सिभिल लघुवित्तले वितरण गरेको बोनस शेयर हिमालयन लघुवित्तको नाममा सूचीकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।
सिभिल लघुवित्तको नाम परिवर्तन भएर हिमालयन लघुवित्त वित्तीय संस्था कायम भए पश्चात उक्त संस्थाले वितरण गरेको बोनस शेयर पनि हिमालयन लघुवित्त वित्तीय संस्थाको नाममा सूचीकृत भएको छ । बिहीबार लघुवित्तको ३ लाख १६ हजार ९३६.८८५८ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

साविकको सिभिल लघुवित्तल आफ्नो शेयरधनीहरुलाई अघिल्लो आर्थिक वर्षको मुनाफाबाट ११ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर बिहीबार नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत उक्त बोनस शेयर, सम्बन्धीत शेयरधनीहरुको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।