बैंकिङ्ग समाचार, काठमाडौं ।
हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले विक्री गरेको हकप्रद शेयर बाँडफाँड गरेको छ ।
कम्पनीले जेठ २२ गतेदेखि असार २५ गते सम्म हाल कायम चुक्ता पूँजीको ७५ प्रतिशत हकप्रद शेयर विक्री गरेको थियो । सो अवधिसम्म रितपूर्वक आवेदन दिएका आवेदकहरूलाई १ करोड ४ लाख २२ हजार ७८९ कित्ता हकप्रद शेयर साउन ३ गते बाँडफाँड गरिएको हो ।
कम्पनीले विक्री गरेको हकप्रद शेयर १५ लाख ७७ हजार २११ कित्ता भने विक्री हुन नसकेको कम्पनीले जानकारी दिएको छ । वितरण हुन नसकेको उक्त शेयर लिलमीमा विक्री गरिनेछ ।
कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ६० करोड रुपैयाँको आधारमा १ बराबर शून्य दशमलव ७५ अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यको हकप्रद शेयर विक्री गरेको हो ।
सम्पूर्ण कित्ता हकप्रद शेयर बाँडफाँडपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया