अरुण काबेली पावरको साढे १८ लाख कित्ता बढि बोनस शेयर नेप्सेमा सूचीकृत

अरुण काबेली पावरको साढे १८ लाख कित्ता बढि बोनस शेयर नेप्सेमा सूचीकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा अरुण काबेली पावर लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । 

कम्पनीले गत कात्तिक ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बराबरको १८ लाख ५५ हजार २११ कित्ता बोनस शेयर सूचीकृत गराएको हो । 

अब यो बोनस शेयर कम्पनीका सम्बन्धित शेयरधनीले बिहीवारदेखि दास्रो बजारमा कारोबार गर्न सक्नेछन् ।