बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज दोहोरो अंकको वृद्धि भएको छ । साताको कारोबारको चौथो दिन आज बुधवार नेप्से ११.१७ अंकले बढेर २ हजार १ सय ६५ दशमलब २४ विन्दुमा बन्द भएको छ । मंगलवार नेप्से ९.९१ अंकले बढेर २ हजार १ सय ५४ दशमलब ०७ विन्दुमा बन्द भएको थियो ।
नेप्सेमा सामान्य वृद्धि भएपनि कारोबार रकममा भने सामान्य गिरावट आएको छ । आज ३ अर्ब ३४ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलवार नेप्सेमा ३ अर्ब ५४ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका ७३ कम्पनीको शेयरमूल्य बढेको छ भने १३१ कम्पनीकोे शेयरमूल्य घटेको छ, १३ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज बिपीडब्लु लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यसको शेयरमूलय १० प्रतिशतले बढेर प्रतिकित्ता १४९०.७० रुपैयाँ पुगेको छ ।
आज सबैभन्दा बढी एनआइबिएल समृद्धि फण्ड २ का लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ९ प्रतिशत भन्दा बढीले घटेको छ ।
त्यस्तै, नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी युनाइटेड अजोड इन्स्योरेन्सको भएको छ । यस कम्पनीको आज २३ करोड ५७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया