बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रभु लाइफ र महालक्ष्मी लाइफ एक आपसमा गाभिए (मर्जर) पश्चात बनेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले साविक दुई कम्पनीका अभिकर्ता मिलन कार्यक्रम देशभर तीव्र पारेको छ । एकिकृत कारोबारपछि साविक प्रभु लाइफ र महालक्ष्मी लाइफका अभिकर्ताहरुलाई एकिकृत गर्ने उदेश्यले देशको विभिन्न स्थानमा मिलन कार्यक्रमको आयोजना गरेको हो ।
कम्पनीले साउन २ गते झापाको बिर्तामोड, पर्सा बीरगंज, दाङको घोराही र कैलालीको धनगढीमा कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा दुवै कम्पनीका व्यवसाय दिएका सक्रिय अभिकर्ताहरुलाई सहभागि गराइएको थियो । चारै ठाउँमा भएको कार्यक्रममा सय–सय जनाभन्दा बढी अभिकर्ताको उपस्थिति रहेको छ ।
कार्यक्रममा मर्जर पछिको बीमा कारोबारको अवस्था, प्रचलनमा ल्याउने पोलिसीहरू, एजेन्सी सिस्टम र एजेन्सी स्किमबारे अभिकर्ताहरूलाई प्रशिक्षण दिइएको थियो । विर्तामोडमा सोनबहादुर मगर र प्रभाकर न्यौपाने, वीरगञ्जमा प्रयास श्रेष्ठ र सीताराम धिमाल, घोराहीमा प्रशान्त राज धमला र योगेन्द्र प्रसाद खतिवडा तथा धनगढीमा किशोर प्रसाद लामिछाने र रामेश्वर श्रेष्ठले प्रशिक्षण दिएका थिए । प्रशिक्षक सबै प्रभु महालक्ष्मी लाइफ कम्पनी प्रधान कार्यालयका वरिष्ठ अधिकृतहरू हुन् ।
एकीकृत कारोबार पछि साविक प्रभु लाइफ र महालक्ष्मी लाइफका अभिकर्ताहरूलाई एकिकृत गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कम्पनीले उल्लेख गरेको छ ।
प्रतिक्रिया