कृषि विकास बैंकले ल्यायो सोझै खातामा रेमिट्यान्स पाउन सकिने भिजा डाइरेक्ट सेवा

कृषि विकास बैंकले ल्यायो सोझै खातामा रेमिट्यान्स पाउन सकिने भिजा डाइरेक्ट सेवा


बैंकिङ्ग समाचार, काठमाडौं ।
कृषि विकास बैंकले बैदेशिक भुक्तानी तथा विशेष गरी विदेशबाट रेमिट्यान्स आप्रवाहलाई सहज बनाउन भिजा डाइरेक्ट सेवा सुरु गरेको छ । यो सेवा कार्यान्वयनमा आएसँगै विश्वभर रहेका भिजा कार्ड होल्डरले आफनो मोवाइल एप मार्फत कृषि विकास बैकको भिसा कार्डमा रहेको १६ वटा नम्वर प्रविष्ट गरेर आफुले पैसा पठाउन चाहेको ग्राहकको बैंक खातामा सोझै रकम पठाउन सक्ने ब्यवस्था बैंकले गरेको छ । 

भुक्तानीलाई सहज बनाउने उद्देश्यका साथ भिसा इन्टरनेशनलसँगको सहकार्यमा भिसा डाइरेक्ट सेवाको सुरुवात गरिएको बैंकले जनाएको छ ।  यो सेवा संचालनमा आए पश्चात विश्वभरबाट विना कुनै झण्झट सहज र सुरक्षित तरिकाले सोझै बैंकमा रेमिट्यान्स भित्र्याउन सहज हुने बैकले विश्वास लिएको छ ।

बैंकले जनाए अनुसार भिसा इन्टनेशनलको भिसा डाइरेक्ट सेवामार्फत विश्वका १७९ देश तथा १६० विदेशी मुद्राबाट रकमान्तर गर्न सकिने छ । यो सेवा बैकल्पिक रुपमा विदेशमा रहेका आफन्तजनहरुबाट नेपालमा रकम स्थानान्तरणका लागि भरपर्दो सेवा हुने बैकले जनाएको छ ।

यो सेवा संचालन पश्चात बैकको रेमिट्यान्सको आप्रवाहको दायरा फराकिलो हुनुका साथै ग्राहकको चाहना अनुसारको भिसा कार्ड वाहकको खातामा रकम पठाउन सकिने व्यवस्था भएको बैकले जनाएको छ ।