आरएसडिसी लघुवित्तले सर्वसाधारणमा जारी गर्यो ५ हजार बढी कित्ता संस्थापक शेयर

आरएसडिसी लघुवित्तले सर्वसाधारणमा जारी गर्यो ५ हजार बढी कित्ता संस्थापक शेयर


बैंकिङ्ग समाचार, काठमाडौं ।
आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ हजार ४३४ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको छ ।

कम्पनीले यसअघि गत जेठ २४ गतेदेखि असार २६ गतेसम्म विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र जारी गर्दा वितरण हुन नसकेको उक्त शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो ।

यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले आगामी सात दिनभित्र आवेदन पेस गर्नुपर्नेछ । आवेदन कम्पनीको शेयर रजिष्ट्रार बिओके क्यापिटल मार्केट लिमिटेडकाे काठमाडौं नारायणचौरस्थित कार्यालय वा रुपन्देहीको बुटवल-१० स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा पेस गर्न सकिनेछ ।

कम्पनीले कृष्ण प्रसाद बस्यालको नाममा रहेको उल्लेखित शेयर विक्री खुला गरेको हो । शेयरको मूल्य भने विक्रेताले तोकेबमोजिम हुने कम्पनीले जानकारी दिएको छ ।