बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपाल एसबिआई बैंक लिमिटेडलाई २ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न असार २७ गते अनुमति दिएको हो ।
अनुमति पाएसँगै कम्पनीले कुल कित्तामध्ये ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्काशन गर्नेछ भने बाँकी रहेको १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ ।
कम्पनीले आगामी १० वर्षका लागि वार्षिक ९ प्रतिशत ब्याजदरमा 'नेपाल एसबिआई बैंक डिबेञ्चर २०८९' नामक ऋणपत्र निष्कासन गर्न अनुमति पाएको हो ।
कम्पनीको निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया