कुमारी बैंकको परिवार सुरक्षा बचत खाता अन्तर्गत दुर्घटना बीमा वापतको १० लाख हस्तान्तरण

कुमारी बैंकको परिवार सुरक्षा बचत खाता अन्तर्गत दुर्घटना बीमा वापतको १० लाख हस्तान्तरण


बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत दुर्घटनामा परी ज्यान गुमाएका ग्राहकको परिवारलाई बीमा बापतको १० लाख रकम हस्तान्तरण गरेको छ । पीडित परिवारलाई कुमारी बैंक लिमिटेडको बेनी शाखा मार्फत यो रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

परिवार सुरक्षा बचत खाता योजनामा दुर्घटना बीमा, जीवन बीमा, चिकित्सा उपचार तथा अन्य गम्भीर रोगहरुका बीमा पर्दछन् । कुमारी बैंकले विगत ४ वर्ष देखि ग्राहकहरुको सुविधाका लागि परिवार सुरक्षा बचत खाता योजना मार्फत बीमा लगायत अन्य उत्कृष्ट सेवा सुविधाहरु प्रदान गर्दै आएको छ ।

कुमारी परिवार सुरक्षा बचत खाता अन्तर्गतको बीमा सुविधामा खातावाल सहित परिवारका चार जना सदस्यले २६ लाख रुपैयाँ सम्मको बीमा सुविधा प्राप्त गर्न सक्नेछन् । बैंकले यो बीमा सुविधा, सानिमा जि.आई.सि. इन्स्योरेन्ससँगको सहकार्यमा गरेको हो ।

कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ४९ एक्सटेन्सन काउन्टर, ३०८ ए।टि।एम। तथा ६३ शाखा रहित बैंकिङ्ग ईकाई सहितका सञ्जालहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।