झापा इनर्जीले आईपीओ निष्काशन गर्दै, विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट नियुक्त

झापा इनर्जीले आईपीओ निष्काशन गर्दै, विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट नियुक्त


बैंकिङ्ग समाचार, काठमाडौं ।
झापा इनर्जी लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ६ लाख ६६ हजार ६०० कित्ता शेयर निष्काशन गर्नको लागि बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।

असार २९ गते झापा ईनर्जीको कार्यालय पिङ्गलास्थानमा एक कार्यक्रमका बिच कम्पनीले सिभिल क्यापिटल मार्केट शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सम्झौता पत्रमा कम्पनीका प्रबन्ध निर्देशक सुवास भट्टराई तथा क्यापिटलका निमित्त प्रमुख कार्यकारी अधिकृत शोभना घिमिरेले हस्ताक्षर गरेका हुन् ।

सर्वसाधारण (स्थानीय, कर्मचारी, वैदेशिक रोजगारीमा रहेका नेपाली सहित) का लागि जारी हुने शेयर ६ करोड ६६ लाख ६० हजार रुपैयाँ रकम बराबरको ६ लाख ६६ हजार ६०० कित्ता शेयर निष्काशन गर्नका निम्ति नेपाल धितोपत्र बोर्ड समक्ष आवश्यक प्रक्रिया पुरा गरी शेयर निष्काशनको लागि आवेदन दिने कम्पनीको योजना रहेको छ । 

कम्पनीले शिवसताक्षी–४ झापामा १० मेगावाटको ग्रिड जडान सौर्य ऊर्जा आयोजनाले निर्माण गरिरहेको छ ।