बैंकिङ्ग समाचार, काठमाडौं ।
माछापुच्छ्रे बैंकले साउन महिनामा आफ्नो ब्याजदर घटाउने निर्णय गरेको छ । बैंकले विभिन्न खातामा साउन १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो ।
साउन महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार माछापुच्छ्रे बैंकले मुद्दतीमा असार महिनामै दिदै आएको ब्याजदरलाई निरन्तरता दिने भएको छ । बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ७ प्रतिशत र ब्यक्तिगततर्फ ९ प्रतिशतसम्म ब्याजदर तोकेको छ । रेमिट्यान्स खातामा भने बै्रंकले १० प्रतिशत ब्याजदर तोकेको छ ।
त्यस्तै, बैंकले साधारण बचत खातामा न्यूनतम ४.८५ प्रतिशतदेखि अधिकतम ६.८५ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । हाल बैंकले साधारण बचतमा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशतसम्म ब्याजदर प्रदान गरिरहेको छ ।
प्रतिक्रिया