नबिल बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, निक्षेपमा ब्याज बढ्यो

नबिल बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, निक्षेपमा ब्याज बढ्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
नबिल बैंकले विभिन्न खातामा साउन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । निर्धारित नयाँ ब्याजदर अनुसार बैंकले निक्षेपमा असारको तुलनामा साउनमा निक्षेपको ब्याजदर बढाएको छ ।

साउन महिनाका लागि बैंकले सार्वजनिक गरेको ब्याजदरअनुसार साधारण बचत खातामा न्यूनतम ५.९० प्रतिशतदेखि अधिकतम ७.९० प्रतिशत ब्याजदर तोकेको छ । साथै, बैंकको रेमिट्यान्स खातामा भने ८.९० प्रतिशत ब्याजदर निर्धारण गर्नेछ ।

हाल बैंकले साधारण बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशत र रेमिट्यान्स खातामा भने ८.४० प्रतिशत ब्याजदर प्रदान गरिरहेको छ ।

यस्तै, बैंकले मुद्दति निक्षेपमा पनि ब्याजदर बढाएको छ । बैंकले संस्थागत तर्फ ७.९९ प्रतिशतदेखि ८.४९ प्रतिशतसम्म ब्याजदर तोक्नेछ । यस्तै, ब्यक्तिगततर्फ ९.९९ प्रतिशतदेखि १०.४९ प्रतिशतसम्म ब्याजदर निर्धारण गर्नेछ ।

बैंकले कर्जाको ब्याजदरमा भने बेसरेटमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोक्नेछ । बैंकको आधार दर ९.६५ प्रतिशत र ब्याजदर अन्तर ५.१४ प्रतिशत रहेको छ ।