सिद्धार्थ बैंकले मुलपानीमा संचालनमा ल्यायो नयाँ शाखा

सिद्धार्थ बैंकले मुलपानीमा संचालनमा ल्यायो नयाँ शाखा


बैंकिङ्ग समाचार, काठमाडौं ।
सिद्धार्थ बैंकले असार २८ गते बिहीवारबाट काठमाडाैंस्थित मुलपानीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

बैंकले मुलपानी क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा सहज ढंगले पुर्‍याउने उद्देश्यका साथ उक्त शाखा सञ्चालनमा ल्याएको हो ।

उक्त शाखा विस्तारपछि बैंकको कुल शाखा सञ्जाल संख्या १९६ (५ एक्स्टेन्सन काउन्टर सहित) पुगेको छ ।