अभियान लघुवित्तको साधारणसभा सम्पन्न, दुई सञ्चालक सर्वसम्मत चयन

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
अभियान लघुवित्त वित्तीय संस्थाको तेस्रो बार्षिक साधारणसभा असार २८ गते बिहिवार काभ्रेको पनौती स्थित ताम्राकार पार्टी भेन्यूमा सम्पन्न भएको छ । लघुवित्तका अध्यक्ष बाबुराम थापाको अध्यक्षतामा सञ्चालन भएको सभामा लघुवित्तका का.मु प्रमुख कार्यकारी अधिकृ रोशनकुमार अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्दै लघुवित्त क्षेत्रको वर्तमान अवस्था, विद्यमान समस्या बारे जानकारी गराएका थिए ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने संस्थाको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रगति प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । लेखापरीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचिहरु लगायतका वित्तीय विवरण माथि छलफल गरी पारित गरेको छ ।

यस्तै, उक्त सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालक उमेश दाहाल र नारायण प्रसाद प्रसाईलाई सञ्चालक समितिमा सर्वसम्मत चयन समेत गरेको छ ।

त्यसैगरी, सभाले यस वित्तीय संस्थाले अन्य ईजाजत पत्र प्राप्त “घ” बर्गका कुनै पनि लघुवित्त वित्तीय संस्थासंग एक आपसमा गाभ्ने /गाभिने तथा प्राप्ती समाहित हुने प्रयोजनका लागि उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान गर्ने, सहमति पत्रमा हस्ताक्षर गर्ने सो को आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने प्रस्ताव पारित गरेको छ ।