बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको जेठसम्ममा विदेश भ्रमणमा जाने नेपालीहरुले कुल १ खर्ब १९ अर्ब ९९ करोड रुपैयाँ खर्च गरेको पाइएको छ । गत वर्षको साहि अवधिको तुलनामा यस्तो खर्च ३७.९ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा नेपालीले विदेश भ्रमणमा ८७ अर्ब ३ करोड रुपैयाँ बराबर खर्च गरेका थिए ।
उक्त प्रतिवेदन अनुसार नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकले भन्दा नेपालीहरुले विदेश घुम्न जान बढी खर्च गर्ने गरेको पाइएको छ । जेठ महिनासम्म नेपाल भित्रिएका पर्यटकहरुबाट ५८ अर्ब ६ करोड रुपैयाँ आम्दानी भएको भए पनि नेपालीहरुले भने विदेश भ्रमण एवम् अध्ययनको लागि भनेर १ खर्ब १९ अर्ब ९९ करोड खर्च गरेका छन् ।
नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकबाट भएको आम्दानी अघिल्लो आवको सोही अवधिको तुलनामा ९४.३ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा विदेशी पर्यटकबाट २९ अर्ब ८८ करोड रुपैयाँ आम्दानी भएको थियो ।
प्रतिक्रिया