हिमालयन बैंकले गर्यो दुर्घटना मृत्यृ बीमा सुविधा अन्तर्गत १० लाख दाबी भुक्तानी

हिमालयन बैंकले गर्यो दुर्घटना मृत्यृ बीमा सुविधा अन्तर्गत १० लाख दाबी भुक्तानी


बैंकिङ्ग समाचार, काठमाडौं ।
हिमालयन बैंक लिमिटेडले बैंकको विशेष तलबी खाता योजनामा प्रदान गर्दै आएको दुर्घटना मृत्यृ बीमा सुविधा अन्तर्गत दश लाख रुपैयाँको दुर्घटना मृत्यृ बीमा दाबी रकम भुक्तानी गरेको छ । 

बैंकका खातावाला स्व. ईश्वर गुराँगाईको दुर्घटनामा परी असामयिक निधन भएको हुँदा निजको पत्नी श्रीमती विमला गुराँगाईलाई सो रकम मिति २०८० आषाढ १९ गते सोमबारका दिन बैंकको बनेपा शाखाका शाखा प्रबन्धक सुर्योदय प्रजापतीले शाखाका अन्य कर्मचारीहरुबीच उक्त रकम बराबरको चक हस्तान्तरण गरेका थिए । 

बैंकले उक्त खाता योजनामा हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडसँगको सहकार्यमा खातावालाहरुको दुर्घटना मृत्यृ बीमा खरिद गरेको हो । 

यस दुखद घडीमा सो रकमले मृतकको परिवारमा केही सहयोग हुन्छ भन्नेमा बैंक आशावादी रहेको जनाएको छ । हाल हिमालयन बैंकले विशेष तलबी खाता र नारी वचत खाता योजनामा दश लाख रुपैयाँ सम्मको दुर्घटना मृत्यृ बीमा सुविधा प्रदान गर्दै आएको छ भने अन्य वचत योजनाहरुमा पाँच लाख रुपैयाँ सम्मको दुर्घटना मृत्यृ बीमा सुविधा प्रदान गर्दै आएको छ ।

हाल बैंकले देशभरि रहेका १८९ शाखाहरु, २० वटा विस्तारित काउन्टर र २६३ भन्दा बढी ए.टि.एम हरुबाट आफ्ना ग्राहकवर्गहरुलाई सेवा प्रदान गर्दै आएकोे छ ।

\"\"