बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार समीट लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचिकृत भएको छ ।
आज कम्पनीको १३.५६२७५३ प्रतिशतले हुन आउने ६ लाख ७० हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको लागि आफ्ना शेयरधनीलाई वितरण गरेको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा सूचिकृत उक्त बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको डिम्याट खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।
प्रतिक्रिया