बैंकिङ्ग समाचार, काठमाडौं ।
पछिल्लो साता लगातार ओरालो यात्रामा रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा यस साताको कारोबारको पहिलो दिन हरियाली छाएको छ । आइतवार नेप्से २८.३८ अंकले बढेर २ हजार ७७ दशमलब ७६ विन्दुमा बन्द भएको छ । बिहिवार नेप्से ०.०६ अंकले घटेर २ हजार ४९ दशमलब ३८ विन्दुमा बन्द भएको थियो ।
नेप्सेमा दोहारो अंकको वृद्धि भएपनि कारोबार रकम भने ३ अर्बमा स्थिर रहेको छ । आज ३ अर्ब ४ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिवार नेप्सेमा ३ अर्ब ७ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका १६८ कम्पनीको शेयरमूल्य बढेको छ भने ५० कम्पनीको शेयरमूल्य घटेको छ, ६ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।
आज नेप्सेमा २ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । रावा इनर्जीको शेयरमूल्य पनि ९.९८ प्रतिशतले नै बढेर प्रतिकित्ता ३३१ दशमलव ७० रुपैयाँ पुगेको छ भने सिटी होटल्सको शेयरमूल्य ९.५१ प्रतिशतले बढेर प्रतिकित्ता ७४१ दशमलव ५० रुपैयाँ पुगेको छ ।
आज अप्पर तामाकोशी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ६ प्रतिशत भन्दा बढिले घटेको छ ।
यस्तै, नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको आज १८ करोड ६० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया