अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ बाँडफाँड, ५३ हजार ९५० जनालाई १० कित्ताका दरले शेयर वितरण

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आज असार २२ गते, शुक्रबार बिहान आइपीओ बाँडफाँड गरेको हो ।

कम्पनीले असार १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५ लाख ३९ हजार ५०० कित्ता शेयर निष्काशन गरेको थियो । सो शेयरमा कुल १२ लाख ४७६ आवेदन परेको थियो जसमध्ये २ हजार ३९९ आवेदन रद्द भएको छ । 

माग भन्दा बढीको आवेदन परेकोले योग्य ११ लाख ९८ हजार ७७ आवेदकलाई गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ । जस अनुसार ५३ हजार ९५० जना आवेदकले मात्र १० कित्ताको दरले शेयर पाएका छन् ।

यसअघि आयोजना प्रभावित स्थानिय बासिन्दा र बैदेशिक रोजगारीमा गएका नेपालीका लागि निष्काशन गरेको आइपीओ बाँडफाँड गरी सकेको छ ।