नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले १०% ब्याजदर पाइने ४ अर्ब बढिको ऋणपत्र निष्कासन गर्दै

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले १०% ब्याजदर पाइने ४ अर्ब बढिको ऋणपत्र निष्कासन गर्दै


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले रू. ४ अर्ब ४ करोड बराबरको ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ । कम्पनीले ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासन गर्नका लागि असार १९ गते सेबोनमा निवेदन दिएको हो । 

कम्पनीको ऋणपत्र विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले आगामी १० वर्षसम्मका लागि वार्षिक १० प्रतिशत ब्याजदरमा 'एनआईएमबि डिबेञ्चर २०८९' नामक ऋणपत्र निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो ।

सेबोनबाट ऋणपत्र निष्कासन गर्न स्वीकृति पाएपछि कम्पनीले १६ लाख १६ हजार कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने २४ लाख २४ हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गर्नेछ ।