बैंकिङ्ग समाचार, काठमाडौं ।
लगातार ओरालो यात्रामा रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन स्थिर भई बन्द भएको छ । बिहिवार नेप्से ०.०६ अंकले घटेर २ हजार ४९ दशमलब ३८ विन्दुमा बन्द भएको छ । बुधवार नेप्से ३९.२६ अंकले घटेर २ हजार ४९ दशमलब ४४ विन्दुमा बन्द भएको थियो ।
नेप्सेमा झिनो अंकको गिरावट भएसँगै कारोबार रकम भने ३ अर्बमा स्थिर रहेको छ । आज ३ अर्ब ७ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधवार नेप्सेमा ३ अर्ब ७ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका ९० कम्पनीको शेयरमूल्य बढेको छ भने १२७ कम्पनीको शेयरमूल्य घटेको छ, ८ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।
आज नेप्सेमा ४ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सिटी होटल्सको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ६ सय ७७ दशमलव १० रुपैयाँ पुगेको छ भने रावा इनर्जीको शेयरमूल्य पनि ९.९९ प्रतिशतले नै बढेर प्रतिकित्ता ३०१ दशमलव ६० रुपैयाँ पुगेको छ । त्यस्तै, अपर तामाकोशी तथा जाशी हाइड्रोपावरको शेयर मुल्य पनि ९ प्रतिशत भन्दा बढिले वृद्धि भएको छ ।
आज मोदि इनर्जी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्यमा आज नकारात्मक सर्किट लागेको छ ।
यस्तै, नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज १८ करोड ५६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया