बैंकिङ्ग समाचार, काठमाडौं ।
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले केही संस्थापक शेयरधनीहरुको नाममा रहेको संस्थापक शयर बिक्रीमा ल्याएको हो ।
उक्त संस्थापक शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्था अर्थात आम सर्वसाधारणले समेत खरिद आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले ३५ दिनभित्र आवश्यक कागजपत्रसहित काठमाडौंको ज्ञानेश्वरस्थित संस्थाको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न संस्थाले सूचित गरेको छ ।
प्रतिक्रिया