कामना सेवा विकास बैंकद्वारा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई पोशाक हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई पोशाक हस्तान्तरण


बैंकिङ्ग समाचार, काठमाडौं ।
कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय दमक मार्फत झापा जिल्ला कमल गा.पा वडा नं. ५ पाडाजुङ्गी स्थित श्री गुह्येश्वरी आधारभूत विद्यालयलाई मिति २०८० साल अषाढ १८ गते सोमबारको दिन पोशाक हस्तान्तरण गरेको छ ।

उक्त विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरु भूमिहिन, बाढिपिडित, सुकुम्वासी, दलित, जनजाती, आदिवासी समुदायका भएका र आर्थिक अवस्था कमजोर भएका छात्रछात्राहरुलाई सो पोशाक निःशुल्क रुपमा वितरण गरिएको छ ।

बैंकको कोशी प्रदेशका प्रदेश प्रमुख खिम लाल भुषालले श्री गुह्येश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद खनाललाई उक्त पोशाकहरु हस्तान्तरण गरेका थिए । कार्यक्रममा विद्यालयका अन्य शिक्षक, विद्यार्थी, स्थानीय महानुभावहरुका साथै बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने छ  ।