बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय सेवासम्बन्धी गुनासो सम्बोधनका लागि गुनासो सुनुवाइ डेस्कको स्थापना गरेको छ । बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागमा गुनासो सुनुवाइ डेस्कको स्थापना गरेको हो ।
लघुवित्तको बचत तथा कर्जा कारोबार गरिरहेका सदस्यहरुका कुनै गुनासो भए सम्बोधनका लागि डेस्क स्थापना गरेको राष्ट्र बैंकले जनाएका छ ।
गुनासो सुनुवाइका लागि राष्ट्र बैंकले टोलफ्रि नम्बर पनि सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आफ्नो गुनासो पैसा तिर्नु नपर्ने टोल फ्रि फोन नम्बर १८१०५००००२२ मार्फत, गुनासो पोर्टल https://gunaso.nrb.org.np/, इमेल [email protected] मार्फत र राष्ट्र बैंकको जुनसुकै कार्यालयमा निवेदन दर्ता गर्न सकिने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया