बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रभु बैंक लिमिटेड र वन्डर्स नेपाल प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ । बैंक र वन्डर्स नेपालबीच महत्वपूर्ण बैंकिङ्ग कारोबार तथा नयाँ व्यावसायिक सम्बन्ध बिस्तार सम्बन्धी सम्झौता भएको हो । यो सम्झौताले दुवै संस्थाको व्यवसाय विकास र विस्तारका लागि नयाँ अवसरहरु सृजना हुने विश्वास बैंकले लिएको छ ।
सम्झौता पत्रमा बैंकको तर्फबाट चिफ मार्केटिङ्ग अफिसर मञ्जय राज पाण्डे तथा वन्डर्स नेपालका तर्फबाट कार्यकारी निर्देशक सोहन श्रेष्ठले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुरुप बैंकले वन्डर्स नेपालको परिसरमा एटिएम, क्यु.आर कोड, पोस मेसिन लगायतका विभिन्न बैंकिङ्ग सेवा प्रदान गर्ने सहमति भएको छ ।
यससँगै, सम्पूर्ण सर्वसाधारण तथा बैंकका ग्राहकहरुले वन्डर्स नेपाल अन्तर्गत काठमाडौंको कमलादीस्थित स्काई वाक भ्यू टावरमा गई आनन्दमय दृश्य अवलोकन गर्नुका साथै यस बैंकबाट प्रदान गरिने बैंकिङ्ग सेवाको सुविधा समेत लिन सक्नेछन् ।
यस सेवाबाट पर्यटक तथा सो स्थान अवलोकन गर्ने सर्वसाधारण लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
प्रतिक्रिया