समाज लघुवित्तले घोषणा गर्यो लाभांश, बोनश र नगद कति ?

समाज लघुवित्तले घोषणा गर्यो लाभांश, बोनश र नगद कति ?


बैंकिङ्ग समाचार, काठमाडौं ।
समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८/७९ सम्मको सञ्चिति मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

लघुवित्त सञ्चालक समितिको असार ५ गते बसेको बैठकको निर्णयले हाल कायम चुक्ता पूँजी २ करोड रुपैयाँको १४.२५ प्रतिशतले हुन आउने २८ लाख ५० हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशतले हुन आउने १ लाख ५० हजार रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताब गरेको छ ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीले पहिलो पटक शेयरधनीलाई लाभांश वितरण गर्न लागेको हो ।