बैंकिङ्ग समाचार, काठमाडौं ।
नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्तलाई नेपाल राष्ट्र बैंकले मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंकले असार १५ गते यी दुई लघुवित्त वित्तीय संस्थालाई मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको हो ।
यी दुई लघुवित्तले मर्जरको लागि अन्तिम स्वीकृति पाएसँगै अब एकिकृत कारोबार गर्नेछन् । यी दुई लघुवित्त एक भई विजय लघुवित्तको नामबाट एकिकृत कारोबार सुरु गर्न लागेका हुन् । मर्जरपछि बन्ने विजय लघुवित्तको केन्द्रीय कार्यलय धुलिखेलमा रहने जनाइएको छ ।
यसअघि दुवै कम्पनीबिच गत वैशाख ३० गत मर्जरमा जाने अन्तिम सम्झौता भएको थियो । दुवै कम्पनीको वार्षिक साधारणसभाबाट मर्जर प्रक्रिया स्वीकृति भएपछि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
यी दुवै कम्पनीले गत मंसिर २६ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका थिए । राष्ट्र बैंकले गत चैत २ गते यी दुवै लघुवित्तको मर्जरलाई सैद्धान्तिक सहमति प्रदान गरेको थियो । यी दुवै कम्पनी बराबरी हैसियत अर्थात १ः१ शेयर स्वाप रेशियोमा मर्जरमा जान लागेका हुन ।
प्रतिक्रिया