बैैंकिङ्ग समाचार, काठमाडौं ।
अरुण काबेली पावरले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । २०७८ साल कात्तिक २८ गते हकप्रद निष्कासनका लागि बोर्डमा निवेदन दिएको कम्पनीले डेढ वर्षपछि २०८० असार १३ गते अनुमति पाएको हो ।
कम्पनीको आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १७ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर पश्चात् कायम चुक्तापूँजी रू. १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० को आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर विक्री गर्न अनुमति पाएको हो । शतप्रतिशत हकप्रद पछि कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ७१ करोडभन्दा बढी कायम हुनेछ ।
कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
प्रतिक्रिया