बैैंकिङ्ग समाचार, काठमाडौं ।
सानिमा बैंक लिमिटेडले ६७ हजार संस्थापक शेयर असार १४ गतेदेखि विक्रीमा ल्याएको छ ।
बैंकले प्रतिकित्ता रू. १४५ मूल्य तोकेर यो शेयर विक्रीमा ल्याएको हो । विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी कम्पनीले उक्त शेयर विक्रीमा ल्याएको हो । इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट खरीद माग नभएमा अन्य व्यक्ति तथा संस्थामा यो शेयर विक्री गरिने जानकारी समेत बैंकले दिएको छ ।
धितोपत्र दोस्रो बजारमा बैंकको संस्थापक शेयरको मूल्य प्रतिकित्ता रू. १५१ रहेको छ भने सर्वसाधारण तर्फको शेयरमूल्य प्रतिकित्ता रू. २५९ दशमलव ९० रहेको छ ।
प्रतिक्रिया