बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतवार डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको शेयर सूचीकृत भएको छ । आदर्श लघुवित्तलाई १ः१ को अनुपातमा प्राप्ति गरेपछि कायम हुन आएको कुल २ लाख ४८ हजार ४ सय कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
धितोपत्र सूचीकरण विनियमावली अनुसार नेप्सेमा कारोबार गर्न मिल्ने गरी उक्त शेयर आइतबार नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत उक्त शेयर सम्बन्धीत शेयरधनीको नाममा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।
यस्तै नेप्सेले आदर्श लघुवित्त वित्तीय संस्थाको शेयर सूचीकरण पनि खारेज गरेको जनाएको छ ।
प्रतिक्रिया