बैंकिङ्ग समाचार, काठमाडौं ।
बैंकिङ्ग प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आइतबार फेरि बजारबाट तरलता प्रशोचन गर्ने भएको छ । केन्द्रिय बैंकले आइतबार रिभर्स रिपो जारी गरी २० अर्ब रुपैयाँ तान्न लागेको हो । केन्द्रिय बैंकले बिहीबारमात्रै सात दिनको लागि १० अर्ब रुपैयाँ खिचेको थियो । १० अर्बको रिभर्स रिपो जारी गर्दा बैंकहरुले २६ अर्ब ३३ करोडको लागि आवेदन दिएका थिए ।
१० अर्ब खिच्दासमेत अधिक तरलता रहेको भन्दै केन्द्रिय बैंकले आइतबार पुनः २० अर्ब रुपैयाँ खिच्न लागेको हो । अहिले बैंकहरुमा निक्षेप संकलन बढिरहेको छ तर कर्जा लगानी बढ्न सकेको छैन । कर्जा लगानी नबढ्दा बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएको अवस्था छ । बैंकिङ्ग प्रणालीमा करिव ४० अर्ब रुपैयाँ अधिक तरलता रहेको छ ।



About Us
प्रतिक्रिया