बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज उच्च अंकको गिरावट भएको छ । साताको कारोबारको तेस्रो दिन आज मंगलवार नेप्से २६.५६ अंकले घटेर २ हजार ६४ दशमलब ८३ विन्दुमा बन्द भएको छ । सोमवार नेप्से २.९४ अंकले घटेर २ हजार ९१ दशमलब ३९ विन्दुमा बन्द भएको थियो ।
आज नेप्सेमा उच्च अंकको गिरावट भएसँगै कारोबार रकम पनि घटेर ४ अर्बमा सिमित भएको छ । आज ४ अर्ब ११ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमवार ४ अर्ब ७४ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका २८ कम्पनीको शेयरमूल्य बढेको छ भने १९३ कम्पनीको शेयरमूल्य घटेको छ, २ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।
आज ३ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सिटि होटलको शेयरमुल्य १० प्रतिशतले बढेर २३७.७० रुपैयाँ पुगेको छ त्यस्तै, बीपीडब्लु लघुवित्त वित्तीय संस्थाको शेयरमुल्य ९.९९ प्रतिशतले बढेर ७५२.१० रुपैयाँ पुगेको छ भने इङ्वा हाइड्रोपावरको शेयरमुल्य ९.९७ प्रतिशतले बढेर ३२०.९० रुपैयाँ पुगेको छ ।
आज सबैभन्दा बढी युनिक नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ९.९९ प्रतिशतले घटेको छ ।
नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल इन्फास्ट्रक्चर डेभलपमेन्ट बैंकको भएको छ । यस कम्पनीको आज २० करोड ५७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया