सिटिजन लाइफद्वारा घरमै पुगेर बीमा दावी भुक्तानी

सिटिजन लाइफद्वारा घरमै पुगेर बीमा दावी भुक्तानी


बैंकिङ्ग समाचार,काठमाडौं ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले तिनाउ गाउँपालिका ३ झुम्सामा मृत्यु बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले घरमै पुगेर एक कार्यक्रमकाबीच मृत्यु दावी भुक्तानी वापतको ५ लाख ६९ हजारको चेक हस्तान्तरण गरेको हो ।

कम्पनीको पाल्पा शाखाबाट १ बर्ष ६ महिना अघि ५ लाख बीमाङ्क रकमको सिटिजन सुभारम्भ बीमा योजना बीमालेख लिएकी तिनाउ ३ कि सीता कुमारी गुरुङकोको मृत्यु भए पछि दावी भुक्तानी बापत बिमाङ्क रकम, काजक्रीया खर्च र बोनस रकम गरी कुल ५ लाख ६९ हजार रुपैयाँको चेक मृतकका श्रीमान याम बहादुर गुरुङलाई हस्तान्तरण गरेको हो ।

उक्त रकम कम्पनीका पाल्पा शाखा विजय कार्की , तिनाउ गाउँपालिका वडा न ३ का वडा अध्यक्ष चित्र बहादुर थापा , वडा सदस्य टंक नाथ बस्याल र सिनियर एजेन्सी म्यानेजर रिता पाण्डेले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन ।

कार्यक्रममा चेक हस्तान्तरण गर्दै इन्स्योरेन्सका पाल्पा शाखा प्रबन्धक विजय कार्कीले जीवन बीमाले अकालमा ज्यान गुमाउनु परेका परिवारले आफ्नै बचतबाट प्राप्त रकमले परिवारमा मृत्यु पश्चात पनि राहत महसुस गर्न पाउने भएकोले पनि जीवन बीमा अपरिहार्य रहेको बताए ।

कार्यक्रममा तिनाउ गाउँपालिका वडा न १ का वडा अध्यक्ष चित्र बहादुर थापाले बीमाले बचत संगै भबिष्यमा आउने भवितव्य विरुद्ध परिवालाई आर्थिक सुरक्षा दिने काम गर्ने भएको सबैजना जीवन बीमामा आबद्धता जनाउन आग्रह गरे ।

कार्यक्रममा वडा सदस्य टंक नाथ बस्याल, सिनियर एजेन्सी म्यानेजर रिता पाण्डे , एजेन्सी म्यानेजर सरिता पुरी मगर, महिला समुहकी अध्यक्ष सावित्री लगायतले बीमाको महत्त्व बारे आफ्नो भनाइ राखेका थिए ।