काठमाडौं – नेपालमा क्यूआर कोडमार्फत हुने कारोबारको संख्या बढ्दै गए पनि कारोबार रकममा भने गिरावट आएको छ। नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्ष २०८३/८४ को भदौ मसान्तसम्मको मासिक भुक्तानी प्रणाली सूचकांकअनुसार क्यूआरमार्फत हुने कारोबारको संख्या बढेको हो।
राष्ट्र बैंकका अनुसार असार मसान्तदेखि साउन मसान्तसम्म क्यूआर कोडमार्फत हुने कारोबार रकम २६ अर्ब ७७ करोड ५० लाख रुपैयाँले बढेर १ खर्ब ८९ अर्ब ९० करोड ६० लाख रुपैयाँ पुगेको थियो। तर, साउन मसान्तदेखि भदौ मसान्तसम्म आइपुग्दा कारोबार रकम २५ अर्ब ४७ करोड ९० लाख रुपैयाँले घटेको छ। भदौ मसान्तसम्म क्यूआरमार्फत भएको कारोबार रकम १ खर्ब ६४ अर्ब ४२ करोड ९० लाख रुपैयाँमा सीमित भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।
कारोबार रकम घटे पनि कारोबार संख्यामा भने वृद्धि भएको छ। असार मसान्तदेखि साउन मसान्तसम्म क्यूआर कारोबार संख्या ५९ लाख ६९ हजार ७७० ले बढेर ६ करोड ९५ लाख ८९ हजार ९७७ पुगेको थियो। यस्तै, साउन मसान्तदेखि भदौ मसान्तसम्म थप २८ लाख ९३ हजार ३२५ वटा कारोबार बढेका छन्। यससँगै भदौ मसान्तसम्म क्यूआर कोडमार्फत हुने कारोबार संख्या ७ करोड २४ लाख ३८ हजार ३०२ पुगेको छ।






About Us
प्रतिक्रिया