नेको इन्स्योरेन्स २८औं बर्षमा प्रवेश 

नेको इन्स्योरेन्स २८औं बर्षमा प्रवेश 


बैंकिङ समाचार, काठमाडौं ।
नेको इन्स्योरेन्स लिमिटेड २७ बर्ष पुरा गरि २८ बर्षमा प्रवेश गरेको छ । २०५३ साल जेठ १७ गतेबाट औपचारिक रुपमा बीमा सेवा सुरु गरेको नेको इन्स्योरेन्स कम्पनी आजबाट २८ औं वर्षमा प्रवेश गरेको हो ।

कम्पनीले २८ औं बार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व बहन गर्दै समय सापेक्ष बीमा सेवा प्रवाहमा जोड दिएको छ । सामाजिक उत्तरदायित्व बहन गर्दै जाने र बीमा सेवालाई अझै सरल, प्रविधिमैत्री बनाइने नेको इन्स्योरेन्स कम्पनीले जनाएको छ ।

कम्पनीले आफ्नो सेवा संचालनको २८औं बर्ष प्रवेशको अवसरमा केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम एवं बीमा सचेतनामूूलक प्रभातफेरी, कर्मचारीहरु बीच फुटबल लगायत विविध सांस्कृतिक कार्यक्रम समेत सम्पन्न गरेको छ ।