बैशाखसम्ममा जीवन बीमा कम्पनीहरुको व्यापार १ खर्ब १४ अर्बमाथि

बैशाखसम्ममा जीवन बीमा कम्पनीहरुको व्यापार १ खर्ब १४ अर्बमाथि


बैंकिङ समाचार, काठमाडौं ।

चालु आर्थिक वर्षको १० महिनामा जीवन बीमा कम्पनीहरुले एक खर्ब भन्दा बढीको बीमाशुल्क आर्जन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले जारी गरेको बैशाख महिनासम्मको वित्तीय तथ्यांकअनुसार हाल संचालनमा रहेका कम्पनीहरुले एक खर्ब १४ अर्ब १० करोड रुपैयाँ आर्जन गरेका हुन् ।  गत चैत महिनासम्म बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन एक खर्ब रुपैयाँ थियो । 

सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले १० लाख ३५ वटा सक्रिय बीमालेखबाट २९ अर्ब ६५करोड रुपैयाँ आर्जन गरेको हो । कम्पनीले प्रथम बीमाशुल्कबाट ४ अर्ब ४९ करोड रुपैयाँ आर्जन गर्दा नवीकरण शुल्कबापत २५ अर्ब रुपैयाँ संकलन गरेको छ ।